Served by

2,359 + members

We Serve

District 325 L, Nepal

Solidarity for Success

Learn More

Be A Volunteer

Even the all-powerful Pointing has no control about the blind text. Even the all-powerful Point about the blind text.

Be A Volunteer

Solidarity for Success
(सफलताको लागि ऐक्यवद्धता)

प्रिय लायन्स अग्रज तथा मित्रहरु नमस्कार !
 
सरकारी सेवाबाट अवकास लिएपछि सामाजिक कार्य गर्ने प्लेटफर्म खोजी गर्ने क्रममा मेरा शुभ चिन्तक साथीहरुको प्रेरणा र हौसलाले मलाई लायनवाद रोज्न सहज बनायो । म संसारको सबैभन्दा ठुलो सञ्जाल भएको मानविय संस्था लायन्स अन्तर्राष्ट्रियको सदस्य बन्ने अबसर प्राप्त गरें । सरकारी सेवाबाट निवृत्त जीवनलाई मानवसेवामा लगाउने पवित्र उद्देश्यका साथ लायन्स सदस्य बनेको मेरो निम्ती उच्च नेतृत्वमा जाने कुनै पूर्व कल्पना थिएन तर इमान्दारीतापूर्वक काम गर्दै जाँदा नेतृत्वमा पुग्ने वातावरण स्वतः बन्दै जाँदो रहेछ । मेरो पनि त्यस्तै भयो । परिस्थीतीले मलाई आज  डिष्ट्रिक्ट गर्भनर जस्तो गरिमामय पद तथा अतिनै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर प्राप्त भयो । यसको निम्ती तपाँई सबै लिडरज्यूहरु र सम्पूर्ण मेरा शुभचिन्तक लायन्स मित्रहरुप्रति म आभारी छु । हृदय देखिनै तपाईहरुप्रति नमन गर्न चाहन्छु ।
लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ नेपालमा रहेका डिष्ट्रिक्टहरु रिडिष्ट्रिकिङ भएर अहिले १५ वटा डिष्टिक्टहरु सेवारत छन् । त्यसैमा हाम्रो डिष्ट्रिक्टमा ३२५ एल पनि क्रियाशिल भैरहेको छ । मेरो गभर्नरकाल सम्म आइपुग्दा यस डिष्ट्रिक्टमा म भन्दा अगाडि ३ जना गभर्नर ज्युहरु मनी श्री रत्न बज्राचार्य, परमेश्वर बराल र सुमन भट्टले नेतृत्व प्रदान रिसक्नु भएको छ भने ३ जना गभर्नर ज्युहरुले रिडिष्ट्रिकिङ हुनु भन्दा अगाडिको विभिन्न कालखण्डमा सफल नेतृत्व प्रदान गरेर आउनु भएको छ । नेपाल लायन्स फाउण्डेशन (NLF) जस्तो दीर्घकालिन सोच राखेर नेपाली लायनवादमा एउटा अमिट छाप राख्नुहुने पूर्व गभर्नर गौतममान श्रेष्ठ पनि हाम्रै डिष्ट्रिक्टमा हुनुहुन्छ । यो हामी सबैको लागि गौरवको विषय हो । त्यसैगरी महिलाहरु खुलेर समाजसेवामा आउने वातावरण नबनिसकेको परिस्थितिमा पनि डिष्ट्रिक्टको नेतृत्वमा पुगेर सफल नेतृत्व प्रदान गर्नुहुने लायन भूगोल शेरचनलाई पनि हामीले यसै डिष्ट्रिक्टमा पाएका छौं । त्यस्तै काठमाडौं, पोखरा र अन्य ठूला शहरहरुबाट मात्रै नेतृत्वमा पुग्ने परम्परालाई तोड्दै मोफसलबाट डिष्ट्रिक्टको नेतृत्व प्रदान गर्न सफल पूर्व गभर्नर अशोक कुमार श्रेष्ठ पनि हाम्रै डिष्ट्रिक्टमा हुनुहुन्छ । उहाँहरुको अनुभव र विज्ञता हामी सबैले सम्पतिको रुपमा ग्रहण गर्दै उचित सदुपयोग गर्नु पर्छ भन्ने
मेरो मान्यता रहेको छ । यसको निम्ती अग्रज र हाम्रो बिचमा एकता सहमति र विचारहरुमा ऐक्यवद्धता (Solidarity)  हुनु आवश्य छ भन्ने मेरो मान्यता हो । अग्रजहरुले आफूलाई हिनताबोध अर्थात अपमानित महशुस हुने स्थिति हामीले सृजना गर्न हुदैन र अग्रजहरुले पनि गलत बाटोमा (Out of track) जान लागेमा सचेत गराउने तर अन्य काममा गभर्नर प्रति ऐक्यवद्धता जनाउँदै अगाडि बढ्ने वातावरण सृजना गर्नु पर्छ भन्ने मलाई लाग्छ । सबै लायन्स साथीहरुको चाहना पनि त्यहि हो ।
हामीले Solidarity को माध्यमबाट सफलता हासिल गर्नको लागि अवलम्बन गर्ने मुख्य क्षेत्रः
१. आन्तरिक ऐक्यवद्धता (Internal Solidarity)         २. बाह्र ऐक्यवद्धता (external  Solidarity)
                                                                                     क) हामी प्रति समाजको ऐक्यवद्धता (Community solidarity with us)
                                                                                    ख) समाज प्रति हाम्रो ऐक्यवद्धता (Our solidarity to the community)

१. आन्तरिक ऐक्यवद्धता (Internal Solidarity)
हामीले चाहेर वा नचाहेर पनि कहिले काहि हामी विचमा मत भिन्नता चुलिदै जान्छन् । आफू आफूहरु विचमा एकता नहुँदा गरेको कामहरु अधुरा हुने तथा प्रभावकारी नहुने आदि समस्याहरु देखा पर्न थाल्छन् । डिष्ट्रिक्टका उच्च तहका नेतृत्व विचको मत भिन्नताले डिष्ट्रिक्ट गभर्नरले ल्याएका राम्रा कामहरु पनि असफल भएर जान्छन् । नेतृत्वको सुझबुझको कमीले गर्दा कहिले काहिँ समस्या उत्पन्न हुन जान्छ भने कहिले काहिँ व्यक्तिगत कुण्ठाका कारण नेतृत्व तहमा मत भिन्नताहरु देखा पर्छन । आपसी समझदारीमा यस्ता मत भिन्नताहरुलाई हल गर्दै जाने र डिष्ट्रिक्टका कार्यक्रमहरुमा अग्रजहरु र वर्तमान  नेतृत्व तहको विचमा ऐक्यवद्धता सहितको समझदारी (An understanding with solidarity) निर्माण गर्ने कार्यलाई मैले यो वर्ष प्राथमिकतामा राखेको छु । हामी विचको एकताले नै सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो विश्वास हो ।
 हाम्रो क्लबहरुले गर्ने कार्यक्रमहरु मध्ये केहि कार्यक्रमहरु दीर्घकालिन रुपमा प्रभाव पार्ने प्रकृतिका पनि हुन्छन् । जुन कार्यक्रमहरु सम्पन्न गर्नको लागि अन्य क्लबको सहयोगको पनि आवश्यकता पर्न सक्छ । त्यस्तो अवस्थामा एउटा क्लबले ल्याएको कार्यक्रममा अर्को क्लबले ऐक्यबद्धता जाहेर गरेर सहयोगी हातहरु बढाउन सकियो भने सम्पूर्ण क्लबका कार्यहरु प्रभावकारी हुनुको साथै काममा समेत सहजता हुन जान्छ र क्लबका साथीहरुको मनोबल समेत उच्च हुन जान्छ  । यसरी सम्पूर्ण लायन्सहरुको मनोबल उच्च गराउन सकियो भने जुनसुकै काममा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मेरो मान्यता हो । त्यसकारण हामी बिच आन्तरिक रूपमा समझदारी कायम गर्न जरुरी ठानेर मैले आन्तरिक समझदारीलाई मजवुत बनाउने जमर्काे गरेको छु ।
२. बाह्य ऐक्यवद्धता (External Solidarity)
      क) हामी प्रति समुदायको ऐक्यवद्धता (Community Solidarity with us)
हामीले समुदायमा विभिन्न प्रकारका सेवाका कार्यहरु गरिरहन्छौं । हाम्रो कामको प्रभाव सिधै समाज र प्रत्यक्ष पिडितहरुमा पर्छ । हामीले प्रदान गर्ने व्यक्तिगत सहयोगका कामहरु हुन् वा प्राकृतिक प्रकोप आदिमा समाजमा गर्ने सेवाका काम हुन्, प्रत्यक्ष समाजका मानिसहरु सँग मिलेर गर्नु पर्छ । हामीले दिने सेवाहरु समाजले सहजै स्वीकार गर्ने खालका हुनु पर्छ । हामीले गर्ने काममा समाजका विभिन्न क्षेत्रबाट विश्वास हुने खालका हुनु पर्छ । यसो हुन सक्यो भने हाम्रो काम प्रति उनीहरुको पनि ऐक्यवद्धता हुन सक्छ । यसो भयो भने समाजको हामीप्रतिको  विश्वासमा बढोत्तरी मात्र होइन हाम्रो कामको स्वामित्व समाजले पनि ग्रहण गर्दछ । यसरी समाजमा विभिन्न संघ संस्थाहरुको सहयोग र साथमा गरिएको कामहरु प्रभावकारी हुनुको साथै लायन्सको छवि पनि उच्च हुन जान्छ ।
    ख) समुदायको कामप्रति लायन्सको ऐक्यवद्धता (Our Solidarity to the Community)
हामी जुन समाजमा बस्छौं त्यो समाजमा हामी बाहेक पनि सामाजिक कार्यमा खटिने विभिन्न व्यक्ति र संघ संस्था क्रियाशिल रहेका हुन्छन् । ती संघ संस्था, व्यक्ति र स्थानीय तहका मानिसहरु सँग हामी भिन्न भएर बस्ने कुरा हुदैन । समाजका निम्ति गरिने हरेक राम्रा कामहरुमा लायन्सहरुले पनि ऐक्यवद्धता जनाउदै हातेमालो गरेर अगाडी बढ्न सकियो भने समाजको लायन्सहरु प्रतिको दृष्टिकोणमा सकारात्मक असर पर्दछ भने लायन्सको बिस्तारमा पनि सहयोग पुग्न सक्छ । तसर्थ कुनै पनि कार्यमा सफलता प्राप्त गर्नको लागि एकता र सहकार्यको महत्वपूर्ण भूमिका हूने हुँदा सबैले एक अर्काको काम प्रति ऐक्यवद्धता  (Solidarity)  जाहेर गर्दै अगाडी बढ्न म सबैमा अपिल गर्दछु ।

Our Program

Whenever Lions club members get together, problems get smaller. And communities get better. Because we help where help is needed in our own communities and around the world with unmatched integrity and energy.

Whenever Lions club members get together, problems get smaller.

Become a Donor

Our Videos

Our Governor Team

Yek Narayan Sharma

Yek Narayan Sharma

District Governor
  • Lions Club of Pokhara Fewa Fishtail City (120146)
  • ynsharma61@yahoo.com
  • 9856028128
Ganga Devi Dhakal

Ganga Devi Dhakal

District First Lady
  • Lions Club of Pokhara Fewa Fishtail City (120146)
  • 9846118525
Tara  Bhusal

Tara Bhusal

First Vice District Governor
  • Lions Club of KATHMANDU MYAGDI YOUTH (100771)
  • bhusaltara9@gmail.com
  • 9851129862
Tej Narayan  Parajuli

Tej Narayan Parajuli

Second Vice District Governor
  • Lions Club of POKHARA MUNAL (101517)
  • tejparajuli@gmail.com
  • 9856020372
Sujit  Hirachan

Sujit Hirachan

Cabinet Secretary
  • Lions Club of Tanahun Khairenitar (135675)
  • hirachansujit@gmail.com
  • 9846164647
Kul Prasad  Baral

Kul Prasad Baral

Cabinet Treasurer
  • Lions Club of Pokhara Fewa Fishtail City (120146)
  • kulprasadbaral8@gmail.com
  • 9846096706

Solidarity for Success

लायन्स अन्तराष्ट्रिय जस्तो मानविय सेवा गर्ने महान संगठनमा आवद्ध भएर डिष्ट्रिक्टको नेतृत्व समाल्ने अवसर प्राप्त भएकोमा म गौरवान्वीत छु । डिष्ट्रिक्ट ३२५ एल नेपालको गभनर्रको हैसियतले लायन वर्ष २०२५÷२६ मा डिस्ट्रिक्टलाई एकतावद्ध बनाएर लैजाने उद्देश्यले यस वर्षको मेरो नारा ''Solidarity for Success" रहेको छ । यसको माध्यमबाट डिस्ट्रिक्ट अग्रज, क्याविनेट पदाधिकारी र क्लबहरुको बीचमा समन्वय गर्दै डिस्ट्रिक्ट ३२५ एल नेपाललाई समुदाय र विश्व सामु चिनाउने महान कार्यमा सबैको सहयोग हुने अपेक्षा गरेको छु । एक नारायण शर्मा डिस्ट्रिक्ट गभर्नर

get in touch

Fill up the form and we will contact you...

e-Directory